
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका तीन जना संस्थापक शेयरधनी बाहिरिने भएका छन् । बैंकका संस्थापक शेयरधनी ओसिन बतास, विश्व प्रकाश गुरुङ, र बलराम श्रेष्ठ बाहिरिने भएका हुन् ।
उनीहरू आफ्नो नाममा रहेको शेयर बिक्रीमा राखेका छन् । कास्कीका ओसिन बतासले २५ हजार ७५९ कित्ता बिक्रीमा राखेका छन् । सोही जिल्लाका विश्व प्रकाश गुरुङले पनि २५ हजार ७५९ कित्ता बिक्रीमा राखेका छन् । यसका साथै काठमाडौंका बलराम श्रेष्ठले ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् ।
उनीहरूले शेयर बिक्री गर्ने भन्दै राखी निवेदन दिएका थिए । उक्त निवेदन सञ्चालक समितिको विभिन्न बैठकमा पेश हुँदा रित पुर्याई बिक्री गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।
हाल कायम यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेका संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा निवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।