सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा रहेका आफ्ना १०८ शाखा कार्यालयहरूबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नाराका साथ चैत्र २ देखी ८ गतेसम्म सञ्चालन भएको ‘ग्लोबल मनि विक–२०२६’ हजारौं सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेर सम्पन्न गरेको छ । यस ग्लोबल मनि विकबाट करिब ६ हजार मानिस लाभान्वित भएका छन् ।

ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाट र विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। त्यस्तै मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन, र राजविराजमा कार्यक्रम गरेको छ ।

बाग्मती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर , धार्के, हेटौडा, नयाँ बानेश्वर, सिन्धुली, देविघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपण्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथलीमा कार्यक्रम गरेको जनाएको छ ।

यता गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा, पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौलीमा कार्यक्रम भएको छ भने लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुरमा कार्यक्रम गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।

यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै