ग्लोबल मनी वीक २०२६: प्रभु बैंकद्वारा वित्तीय साक्षरताका लागि कमलादीमा प्रभातफेरी

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक २०२६’ का अवसरमा शुक्रबार काठमाडौँको कमलादीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

‘स्मार्ट मनी टक्स’ (Smart Money Talks) भन्ने यस वर्षको मूल नारालाई सार्थक तुल्याउन बैंकको कमलादी शाखाले यो कार्यक्रम सञ्चालन गरेको हो ।

प्रभातफेरीमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कमलादी शाखाबाट सुरु भएको र्‍याली दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः बैंककै प्राङ्गणमा पुगेर समापन भएको थियो ।

सहभागीहरूले ‘स्मार्ट मनी टक्स’ अंकित वित्तीय सन्देशमूलक प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै सर्वसाधारणमा बचत र लगानीका बारेमा सचेतना फैलाएका थिए ।

प्रभु बैंकको बैंकिङ सेवा

‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ देशभर बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकका हाल ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ वटा एक्स्टेन्सन काउन्टरहरू सञ्चालनमा छन् । अत्याधुनिक प्रविधिमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय सेवा दिँदै बैंकले आफूलाई प्रतिस्पर्धी रूपमा अगाडि बढाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै