एनआईसी एशिया बैंकद्वारा ७५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सातै प्रदेशका ७५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपले विपन्न, पिछडिएका तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो ।

छनौट प्रक्रिया र लक्षित समूह बैंकले काठमाडौँ उपत्यका बाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूमध्येबाट सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ७५ जना विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि छनौट गरिएको बैंकले जनाएको छ ।

शैक्षिक विकासमा निरन्तर सहयोग बैंकले विगतका वर्षहरूमा पनि यस्ता छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नुका साथै सातै प्रदेशमा पुस्तकालय भवन निर्माण र स्थापना गरिसकेको छ ।

विपन्न र पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्रदान गरिएको यस सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन, शैक्षिक गुणस्तर सुधार्न र व्यक्तित्व विकासमा ठूलो टेवा पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै