नेपाल एसबिआई बैंकको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्जा घट्यो, नाफा कति ?

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा गत आवको ६ महीनाको तुलनामा चालू १४.५६ प्रतिशतले बढेको छ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३ करोड ११ लाख रुपैयाँको वृद्धि हो । बैंकको खुद नाफा गत आवको सोही अवधिमा ९० करोड २ लाख रुपैयाँ थियो ।

त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुस मसान्तसम्म बैंकको आम्दानीमा पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब २९ करोड ३३ लाखबाट बढेर २ अर्ब ५६ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी ५६ करोड ३५ लाखबाट बढेर ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ०.९१ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ पुसको अन्त्यमा २.६४% मा ल्याएको छ, जुन गत वर्षको सोही अवधिमा ३.५५% रहेको थियो। त्यसैगरी बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ पुसको अन्त्यको तुलनामा ४०.२६% ले वृद्धि गर्दै ७५.६९ करोडबाट २०८२ पुसको अन्त्यमा र १०६.१६ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ९८ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १ अर्ब ३३ करोड ८१ लाख रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ पुगेको छ।

बैंकले आफ्नो पुँजी पर्याप्तता थप मजबुत बनाउँदै बैंकको पुँजी पर्याप्तता अनुपात २०८१ पुसको अन्त्यमा १२.८७% बाट वृद्धि गरी २०८२ पुसको अन्त्यमा १४.१२% पुर्‍याएको छ। जुन १२५ आधार बिन्दुको वृद्धि हो ।

बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.५८% बाट घटाएर ४.२३% मा ल्याउन सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३५ आधार बिन्दुले कम हो ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.५२ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९३.१० रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब २० करोड १३ लाख रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ र रिजर्भमा ८ अर्ब ९४ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकले करीब १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १६ अर्ब १० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै