पाँच महिनामा वाणिज्य बैंकको नाफा १५.९२% ले घट्यो, ग्लोबल र नबिल ३ अर्ब क्लबमा (सूचीसहित)

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिर मसान्त) मा वाणिज्य बैंकहरूको नाफामा संकुचन देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २० वाणिज्य बैंकहरूले कुल २५ अर्ब ७२ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९२ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले ३० अर्ब ५९ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । खराब कर्जा र घट्दो ब्याजदरको प्रभावका कारण बैंकहरूको आम्दानीमा दबाब परेको विश्लेषण गरिएको छ ।

नाफाका आधारमा बैंकहरूको अवस्था:

मंसिर मसान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंक ३ अर्ब २२ करोड नाफासहित पहिलो स्थानमा रहेको छ भने नबिल बैंक ३ अर्ब ११ करोडसहित दोस्रो स्थानमा छ। सिटिजन्स बैंक भने २४ करोड नाफासहित सूचीको अन्तिम स्थानमा देखिएको छ।

बैंकको नाम नाफा (रु. करोडमा) अवस्था (गत वर्षको तुलनामा)
१. ग्लोबल आइएमई बैंक ३२२.२६ बढेको
२. नबिल बैंक ३११.७७ घटेको
३. प्राइम कमर्सियल बैंक १९२.५९ घटेको
४. एभरेष्ट बैंक १८९.६८ घटेको
५. एनएमबी बैंक १६५.५७ घटेको
६. कुमारी बैंक १५२.४७ घटेको
७. नेपाल इन्भेष्टमेन्ट मेगा (NIMB) १२३.२४ घटेको
८. सिद्धार्थ बैंक १००.१७ बढेको
९. राष्ट्रिय वाणिज्य बैंक १०९.६४ बढेको
१०. सानिमा बैंक १०६.२८ बढेको
११. प्रभु बैंक ११६.७४ घटेको
१२. स्टान्डर्ड चार्टर्ड बैंक ११६.३७ घटेको
१३. हिमालयन बैंक ११३.१५ घटेको
१४. लक्ष्मी सनराइज बैंक ९२.६६ घटेको
१५. नेपाल एसबीआई बैंक ९०.४७ घटेको
१६. माछापुच्छ्रे बैंक ८४.३५ घटेको
१७. एनआईसी एशिया बैंक ५९.४५ घटेको
१८. नेपाल बैंक ५९.०४ घटेको
१९. कृषि विकास बैंक ४१.७१ घटेको
२०. सिटिजन्स बैंक २४.३७ घटेको

नाफा बढाउने भाग्यमानी ४ बैंक

समग्र बैंकिङ क्षेत्रको नाफा घट्दा पनि चारवटा बैंकले भने आफ्नो नाफामा वृद्धि गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । अन्य १६ बैंकको नाफामा भने गिरावट आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै