नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन, सञ्चालक समितिमा अनिल केशरी शाहको ‘इन्ट्री’

काठमाडौँ । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयनभएका छन् । वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै सोमबार बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको हो ।

बैंकको ४१औँ वार्षिक साधारण सभा आज काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश (बोनस शेयर र नगद लाभांश समेत) लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभाले नयाँ सञ्चालक समिति चयन गर्ने क्रममा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (CEO) अनिल केशरी शाहलाई संस्थापक समूहको तर्फबाट सञ्चालक सदस्यमा निर्वाचित गरेको छ । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव संगालिसकेका शाहको सञ्चालक समितिमा आगमनले बैंकको रणनीतिक नेतृत्वलाई थप मजबुत र उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै