माछापुच्छ्रे बैंकको नयाँ योजना: क्यूआर मर्चेन्टलाई विना धितो ‘स्मार्ट कर्जा’

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले स्वरोजगार तथा साना र मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘MBL स्मार्ट कर्जा’ सेवा क्यूआर मर्चेन्टहरूका लागि पनि विस्तार गरेको छ । विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूलाई लक्षित गर्दै बैंकले ‘QR Merchant-MBL Smart Loan’ सेवा सुरु गरेको हो ।

डिजिटल बैंकिङ क्षेत्रमा नवीन प्रविधि भित्र्याउँदै आएको बैंकले क्यूआर व्यापारीहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै यो प्रभावकारी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यस सेवाअन्तर्गत स्वरोजगार तथा एकल स्वामित्वमा रहेका साना र मझौला व्यवसायीहरूले कुनै पनि धितो बिना सहज र सरल तरिकाले बैंकको मोबाइल एप ‘MBL M-Smart’ मार्फत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । डिजिटल माध्यमबाटै कर्जा स्वीकृत हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति प्रक्रिया थप सहज र पारदर्शी हुने विश्वास बैंकले लिएको छ ।

स्थापनाकालदेखि नै ग्राहक केन्द्रित प्रविधिमा जोड दिँदै आएको माछापुच्छ्रे बैंकको सेवा सञ्जाल देशभर फैलिएको छ ।

हाल बैंकले १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, र ११ एक्सटेन्सन काउन्टर गरी कुल २६४ सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ। साथै, १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै