लक्ष्मी सनराइज बैंकको २५औँ साधारण सभा आज, १०%त बोनस सेयर पारित गरिँदै

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज (सोमबार) बस्दैछ । सभा काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ।

साधारण सभाका मुख्य एजेन्डाहरू:-

लाभांश अनुमोदन: सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

नगद लाभांश: बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि सभामा लगिँदैछ।

प्रबन्धपत्र संशोधन: बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावमा छलफल हुनेछ।

नियमित कार्यसूची: सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेछ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि यसअघि नै ‘बुक क्लोज’ गरिसकेकाले आजको सभामा सो मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीहरूले मात्र भाग लिन पाउनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै