पुस १० देखि एभरेष्ट बैँकको मोबाइल बैङ्किङ नचल्ने, कहिलेसम्म ?

काठमाडौँ ।  एभरेष्ट बैंकको अनलाइन र मोबाइल बैंकिङ सेवा पुस १० गते देखि नचल्ने भएको छ।

बैंकका अनुसार, हाल प्रयोगमा रहेको कोर बैंकिङ प्रणालीलाई परिष्कृत सेवा प्रदान गर्न पुस १० गते देखि स्तरोन्नतिको काम सुरु हुने भएकाले उक्त सेवा पुस १२ गतेसम्म नचल्ने भएको हो।

साथै, पुस ११ गते बैंकका सबै शाखा/काउन्टरहरू (वीरगञ्ज र नेपालगञ्ज भन्सारमा रहेका कार्यालयहरू बाहेक) पनि बन्द हुनेछन्। त्यस्तै, एनसीएचएल ईसीसी र एनआरबी आरटीजीएस सेवा पनि सो दिन बन्द रहने बैंकले जनाएको छ।

तर, बैंकका एटीएम र कनेक्ट आईपीएस सेवा भने पुस ११ गतेदेखि सञ्चालनमा आउनेछन्। साथै, उक्त अवधिमा भएको कारोबारको एसएमएस र ईमेल अलर्ट प्राप्त नहुने जानकारी पनि बैंकले दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै