वाणिज्य बैंकहरूले कात्तिकमा पनि ब्याजदर घटाए: व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.२०% मा झर्‍यो

काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचना अनुसार, असोज महिनाको तुलनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार, हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १४ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले असोजकै दरलाई निरन्तरता दिएका छन् ।

मुख्य ब्याजदर परिवर्तन:

व्यक्तिगत मुद्दती निक्षेप: भदौ महिनामा ५.४६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा ०.२६ प्रतिशत विन्दुले घटेर ५.२० प्रतिशतमा झरेको छ ।

संस्थागत मुद्दती निक्षेप: बैंकहरूले संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.२२ प्रतिशत विन्दुले घटाएका छन् ।

Interest Rate Of Banks For Individual Fixed Deposit (%)
Name Ashoj (%) Kartik (%) Diff (%)
Machhapuchchhre Bank 6.00 5.00 -1.00
NMB Bank 6.00 5.00 -1.00
NIC Asia Bank 6.00 5.75 -0.25
Global IME Bank 6.00 6.00 0.00
Himalayan Bank 6.00 6.00 0.00
Nabil Bank 5.50 4.95 -0.55
Prime Commercial Bank 5.50 5.00 -0.50
Siddhartha Bank 5.50 5.50 0.00
Rastriya Banijya Bank 5.50 5.50 0.00
Prabhu Bank 5.35 4.95 -0.40
Citizens Bank International 5.25 5.00 -0.25
Laxmi Sunrise Bank 5.25 5.00 -0.25
Everest Bank 5.25 5.00 -0.25
Nepal Investment Mega Bank 5.25 5.00 -0.25
Sanima Bank 5.25 5.15 -0.10
Nepal Bank 5.25 5.25 0.00
Standard Chartered Bank 5.18 5.00 -0.18
Nepal SBI Bank 5.18 5.00 -0.18
Agriculture Development Bank 5.05 4.95 -0.10
Kumari Bank 5.01 5.01 0.00
Average 5.4635 5.2005 -0.263

 

बढी ब्याजदर घटाउने बैंकहरू:

कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकहरूमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर १ प्रतिशत विन्दुले घटाएका छन्।

ब्याजदर स्थिर राख्ने बैंकहरू:

नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंक लगायतका ६ वाणिज्य बैंकहरूले भने दुवै निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

केही बैंकका नयाँ अधिकतम ब्याजदर (कात्तिकका लागि):

६%: ग्लोबल आइएमई बैंक

५.७५%: एनआईसी एशिया बैंक

५.६५%: सानिमा बैंक

५.५०%: राष्ट्रिय वाणिज्य बैंक

५.२५%: नेपाल बैंक

अर्थतन्त्रमा प्रभाव:

विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा निरन्तर गिरावट आइरहेको छ। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने अपेक्षा गरिन्छ। यद्यपि, बैंक तथा वित्तीय संस्थामा हाल साढे ११ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था रहे पनि उद्योगी-व्यवसायीको आत्मविश्वास गुम्दा कर्जा प्रवाह भने हुन नसकेको बैंकरहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै