एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेको राजीनामा

काठमाडौँ । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । उनको राजीनामा बैंक सञ्चालक समितिको बिहीबारको बैठकले स्वीकृत गरेको हो ।

न्यौपानेले आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । उनी २०७९ साल कात्तिकमा दोस्रो पटक चार वर्षका लागि सीईओमा नियुक्त भएका थिए ।

न्यौपानेको राजीनामापछि बैंकको कामु (कार्यवाहक) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई दिइएको छ । राठी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै