भदौसम्ममा १० वाणिज्य बैंकको खुद नाफा घट्यो, दश वटाले बढाए

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ र असोज) मा २० वटा वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । यस अवधिमा १० बैंकको खुद नाफा बढेको छ ।

दोस्रो महिना भदौसम्म २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समग्रमा अघिल्लो आर्थिक वर्षको भदौसम्म तुलनामामा वाणिज्य बैंकहरुको खुद नाफा ६.१८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।  अघिल्लो आर्थिक वर्षको भदौसम्ममा बैंकहरुको खुद नाफा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ थियो ।

हिमालयन र नेपाल एसबिआईको खुद नाफा सर्वाधिक घट्यो

नाफा घटेको १० बैंकमध्ये हिमालयन र नेपाल एसबिआई बैंकको खुद नाफा सर्वाधिक घटेको छ । यस अवधिमा हिमालयन बैंकको खुद नाफा सर्वाधिक ६८.२६ प्रतिशतले घट्दा  नेपाल एसबिआईको खुद नाफा ३३.५९ प्रतिशतले घटेको छ । यस अवधिमा हिमालयन बैंकले ३७ करोड ७ लाख र नेपाल एसबिआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा गरेका हुन् ।

यस्तै कृषि विकास बैंकको नाफा ३३.५० प्रतिशतले घटेर ५८ करोड ९८ लाख रुपैयाँमा आउँदा अर्को बैंक प्रभु बैंकको पनि २५.९८ प्रतिशतले ह्रास आई भदौसम्म ६७ करोड ६० लाख रुपैयाँमा संकुचित बनेको हो । यसैगरी नबिल बैंकको नाफा २०.०९ प्रतिशत घटेर १ अर्ब ३२ करोड ७१ लाख, एनआईसी एशियाको १४.२६ प्रतिशतले घटेर ४९ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १२.२२ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १०.५१ प्रतिशतले घटेको छ । सिटिजन बैंकको नाफा ५.४६ प्रतिशत र कुमारी बैंकको नाफा २.६० प्रतिशतले घटेको छ । भदौसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा५३ करोड २२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब २६ करोड ४४ लाख, सिटिजन बैंकको ५५ करोड ७६ लाख तथा कुमारी बैंकको नाफा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

कुन कुन बैंकको नाफा बढ्यो ?

समीक्षा अवधिमा प्रतिशतको आधारमा सिद्धार्थ बैंकको नाफा ४०.१८ प्रतिशत र एनएमबि बैंकको नाफा ३२.१४ प्रतिशतले बढेको छ। रकमको आधारमा ग्लोबल आईएमई बैंक (१ अर्ब ६२ करोड ८२ लाख ) र नबिल बैंकले (१ अर्ब ३२ करोड ७१ लाख) सर्वाधिक नाफा कमाएका छन् ।

भदौसम्म नेपाल बैंकको २४.२७ प्रतिशतले बढेर ८४ करोड २८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २२.८० प्रतिशतले बढेर ४८ करोड १९ लाख, लक्ष्मी सनराइज बैंकको नाफा १२.६७ प्रतिशतले बउेर ९७ करोड ४१ लाख र एभरेष्ट बैंकको १०.५७ प्रतिशतले बढेर ९१ करोड २८ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा प्राइम कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा दश प्रतिशतभन्दा कमले बढेको छ । भदौ मसान्तसम्ममा प्राइम कमर्सियलले ७.३९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ, सानिमा बैंकले ४.६८ प्रतिशतले नाफा बढाउँदै ७२ करोड १५ लाख, ग्लोबल आइएमई बैंकको ३.९७ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको नाफा ०.६३ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा ८८ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।

Net Profit of commercials Banks (Amount in Millions)
Bank Name  FY 2081/82  FY 2082/83  Change %
 Siddhartha Bank 605.67 849.01 40.18
NMB Bank 780.21 1,030.99  32.14
Nepal Bank 678.21 842.82 24.27
Machhapuchchhre Bank 392.47 481.95 22.8
Laxmi Sunrise Bank 864.6 974.12 12.67
Everest Bank 825.54 912.83 10.57
Prime Commercial Bank 974.69 1,046.72 7.39
Sanima Bank 689.28 721.55 4.68
Global IME Bank  1,566.11 1,628.26 3.97
Rastriya Banijya Bank 880.3 885.85 0.63
Kumari Bank 1,085.08 1,056.86 -2.6
Citizens Bank 589.86 557.63 -5.46
Nepal Investment Mega Bank 1,412.89 1,264.40  -10.51
Standard Chartered Bank 606.29 532.22 -12.22
NIC ASIA Bank 577.58 495.19 -14.26
Nabil Bank 1,660.89 1,327.14  -20.09
Prabhu Bank 913.25 676.02 -25.98
Agriculture Development Bank 887.08 589.87 -33.5
Nepal SBI Bank 533.93 354.56 -33.59
Himalayan Bank  1,168.17 370.75 -68.26
Total 17692.1 16598.74 -6.18

६ बैंक अर्बपति क्लबमा

चालु आवको दुई महिनामा ६ ओटा बैंक अबैपति क्लबमा सामेल भएका छन् । यस अवधिमा ग्लोबल आइएमई, नबिल बं.क, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंकले एक अर्बभन्दा बढी नाफा आर्जन गरेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै