एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।

सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन् ।

मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ । यस आयोजनाबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।

यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६५ गिगावाट प्रतिआवर विद्युत् उत्पादन हुनेछ ।

यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङको धारापानीस्थित सबस्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ

पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३२ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन् ।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै