वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो, कुन बैंकले कति कमायो ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म वाणिज्य बैंकहरूको औसत नाफा १.६७ प्रतिशतले घटेको छ। आर्थिक मन्दीका कारण ऋण असुलीमा आएको अवरोध, खराब कर्जाको वृद्धि र त्यसबाट भएको कर्जा नोक्सानीले बैंकहरूको नाफामा प्रतिकूल असर परेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म वाणिज्य बैंकहरूले कूल ४७ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ४८ अर्ब ६० करोड नाफाको तुलनामा कम हो।

दश वाणिज्य बैंकको नाफा खुम्चियो, १० को नाफा बढ्यो

यस अवधिमा १० वटा वाणिज्य बैंकको नाफा घटेको छ भने १० वटाको नाफा बढेको छ। सबैभन्दा धेरै नाफा घट्ने बैंकको सूचीमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ, जसको नाफा ७७.८७ प्रतिशतले घटेर २ अर्ब १६ करोड ३२ लाख रुपैयाँबाट घट्दै ४७ करोड ८७ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, हिमालयन बैंकको नाफा ६९.३४ प्रतिशतले घटेको छ भने कुमारी बैंकको नाफा ६६.२८ प्रतिशतले खुम्चिएको छ।

नेपाल बैंकको नाफा चारगुणाभन्दा बढी वृद्धि

नाफा वृद्धि गर्ने बैंकहरूमा सबैभन्दा उल्लेखनीय प्रदर्शन नेपाल बैंकले गरेको छ। बैंकले गत वर्षको वैशाखसम्मको ५९ करोड रुपैयाँ नाफालाई यस वर्ष ३२ अर्ब ८८ करोड रुपैयाँमा पु-याएको छ, जुन ४५७.१२ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३.१४ प्रतिशत, एभरेष्ट बैंकले ३०.९७ प्रतिशत र ग्लोबल आइएमई बैंकले २९.८९ प्रतिशत नाफा बढाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै