राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ र पदबहाली

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक विशेष समारोहमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । शपथ लगत्तै पण्डितले आजै बैंकमा पुगेर पदबहाली समेत गरेका छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्को) २०८२ चैत २४ गतेको बैठकले उनलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो । शपथ ग्रहण कार्यक्रममा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

विगत दुई दशकदेखि केन्द्रीय बैंकमा कार्यरत पण्डित २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पण्डितले यसअघि भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वका साथै बैंकको प्रवक्ताको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालिसकेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै