बैंकहरुको मुद्दती निक्षेपमा ५ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । यसका लागि पुस २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।

यो लगानी सन् २०२६ जनवरी १८ देखि २०२७ जनवरी १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै