काठमाडौँ । नेपाल राष्ट्र बैंकको रिक्त कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा राजेन्द्र भट्टराई बढुवा भएका छन् । बैंकको मानव संशाधन व्यवस्थापन विभागले सोमबार (पुस ७ गते) उनलाई पदोन्नति गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकको प्रशासन सेवातर्फ रिक्त एक कार्यकारी निर्देशक पदका लागि भट्टराईलाई छानिएको हो । ‘नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८’ को नियम बमोजिम सम्भाव्य उम्मेदवार रहेका निर्देशकहरूमध्येबाट कार्यक्षमताका आधारमा उनलाई विशिष्ट श्रेणीमा बढुवा गरिएको बैंकले जनाएको छ ।
बढुवा भएसँगै भट्टराईलाई कानून महाशाखाको जिम्मेवारी तोकिएको छ। यसअघि निर्देशक पदमा रहँदा पनि उनी सोही महाशाखामा कार्यरत थिए ।