गभर्नरको निवास भाडामा लिन राष्ट्र बैंकले थप्यो आवेदनको म्याद, कस्तो घर खोज्दैछ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडामा लिन लागिएको आवाससम्बन्धी प्रस्तावमा आवेदन दिने समय थप गरेको छ। केन्द्रीय बैंकले सोमबार सूचना प्रकाशित गर्दै आवेदन दिने अन्तिम म्याद कात्तिक १६ गतेसम्म लम्ब्याएको हो।

‘जेन जी आन्दोलन’ का क्रममा गभर्नर पौडेलका चितवन र ललितपुर भैंसेपाटीस्थित निवासहरूमा आगजनी भएपछि राष्ट्र बैंकले नयाँ घर भाडामा लिन गत असोज १२ गते सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको म्याद सुरुमा असोज २७ गतेसम्म तोकिएको थियो।

राष्ट्र बैंकले खोजेको घरको मापदण्ड

नयाँ सूचनाअनुसार, राष्ट्र बैंकले ललितपुरको बखुन्डोलदेखि भैंसेपाटी क्षेत्रभित्र पर्ने घर भाडामा लिन खोजेको छ। घरमा निम्न मापदण्डहरू अनिवार्य गरिएका छन्:

जग्गाको क्षेत्रफल: १६ देखि २४ आनासम्मको जग्गामा बनेको आरसीसी संरचना युक्त घर।

कोठाहरू: कम्तीमा १,००० वर्गफुट क्षेत्रफल, एउटा मास्टर बेडरूमसहित ४ वटा बेडरूम, लिभिङ र डाइनिङ हल, किचन र स्टोररूम।

सुरक्षा व्यवस्था: सुरक्षाकर्मीका लागि छुट्टै भवन हुनुपर्ने।

पार्किङ: कम्तीमा ६ वटा सवारीसाधन पार्किङ गर्न मिल्ने व्यवस्था।

पूर्वाधार: सुरक्षित कम्पाउन्डवाल, कालोपत्रे सडकसँग सम्पर्क, बिजुली, ढल निकास र खानेपानीको पूर्वाधारजस्ता सुविधा अनिवार्य।

राष्ट्र बैंकले इच्छुक घरधनी तथा एजेन्टहरूलाई तोकिएको मापदण्डअनुसार प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै