बागमती प्रदेशमा उद्योगको उत्पादन क्षमतामा गिरावट, तर औद्योगिक कर्जामा उल्लेख्य वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदन अनुसार बागमती प्रदेशका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोगमा ७.२ प्रतिशत विन्दुले गिरावट आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा यस्ता उद्योगहरूको क्षमता उपयोग ३३.८ प्रतिशतमा झरेको छ, जुन गत वर्षको सोही अवधिमा ४१.० प्रतिशत थियो।

उद्योगको उत्पादन क्षमता र प्रवृत्ति

नमूना छनोटमा परेका उद्योगहरूमध्ये जलविद्युत उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९९.९ प्रतिशत क्षमता उपयोग गरेको छ, जबकि औषधिमध्ये ओइन्टमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ७.० प्रतिशत रहेको छ।

समीक्षा अवधिमा, बियर, हल्का पेय पदार्थ, बिजुली, पशुदाना र चुरोट उत्पादन गर्ने उद्योगहरूको उत्पादन बढेको छ। यसको विपरीत, प्रशोधित दूध, सिमेन्ट, ट्याब्लेट, क्याप्सुल, ड्राई सिरप, लिक्विड, ओइन्टमेन्ट, चाउचाउ, रंग, गार्मेन्ट, कपडाको जुत्ता, इँटा र ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगहरूको उत्पादन घटेको छ।

रोजगारी र औद्योगिक कर्जा

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरूले ७ हजार ९७ स्वदेशी र १२८ विदेशी गरी कुल ७ हजार २२५ जनालाई रोजगारी प्रदान गरेका छन्।

क्षमता उपयोगमा कमी आए पनि बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ३६.६ प्रतिशतले वृद्धि भई ११ खर्ब ७९ अर्ब ६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.८ प्रतिशतले बढेर ९ खर्ब ७३ अर्ब ५७ करोड पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २१.७१ प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी १० खर्ब ८९ अर्ब ६७ करोड (९२.४ प्रतिशत) कर्जा लगानी रहेको छ, जबकि रसुवा जिल्लामा सबैभन्दा कम (करिब १३ करोड वा ०.०१ प्रतिशत) कर्जा लगानी रहेको छ।

May be an image of ‎text that says '‎१२०.० 900.0 สง 5₹.అ 50.0 १२६ ९७.४ &0.0 ७३.२ ؟ؤولط ९९९ ۲ا YO.0 쿠극. 39.9 ف.ف O. 20.0 R.B २३. 特 〇K ااع 3X.o. BR.9 ၄၃.၀ ९.९ 0٬٥ ७.३, 90.5 ១ឬធ. २२.९ 4.5 أ٩ 39.4 골루.5 प्रशोधित दुघ पशदाना बाउघाउ वियर पदाष बराट गामेप्ट ट्याब्लेट क्याप्सल औहनटमेन्ट दाहासरप लिक्वड सिमेण्ट पेय टान्सफ्मर পাतकर हल्का कपडाका जुत्ता बिजली रूंव औ्ीसत आ.व. व.२०७९/5० व. २०७९ 0 (साउन-पुस) सोत. नमना द्नौटमा समेटिएका उद्योगहरु। आ.व. 206ο 59 (साउन-पुस)‎'‎

२०८१ पुस मसान्तमा प्रवाहित औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ३३.५ प्रतिशतले सबैभन्दा बढी वृद्धि भएको छ । त्यसैगरी, विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा २९.९ प्रतिशतले, निर्माण उद्योगमा १८.५ प्रतिशतले, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा १३.६ प्रतिशतले र खानी सम्बन्धी उद्योगमा १३.५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ७.८ प्रतिशतले घटेको छ ।

कुल औद्योगिक कर्जामध्ये विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा ३४.१ प्रतिशत सबैभन्दा बढी कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम खानी सम्बन्धी उद्योगमा ०.७ प्रतिशत कर्जा विस्तार भएको छ।

निक्षेप, कर्जा र अन्य आर्थिक गतिविधि

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप ७.९ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा ४४ खर्ब ७४ अर्ब ६० करोड पुगेको छ। यस्तै, प्रवाह भएको कर्जा १९.३ प्रतिशतले वृद्धि भई ३२ खर्ब २० अर्ब ८० करोड पुगेको छ। २०८१ पुस मसान्तमा कर्जा निक्षेप अनुपात ७१.९ प्रतिशत रहेको छ ।

होटलहरूको औसत क्षमता उपयोग (अकुपेन्सी) ५२.५ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिमा ५०.६ प्रतिशत थियो। घरजग्गा रजिष्ट्रेशन संख्या ६.८ प्रतिशतले घटे पनि रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व ८.८ प्रतिशतले बढेको छ ।

राष्ट्रिय गौरवका आयोजना र रोजगारी

बागमती प्रदेशमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, काठमाडौँ तराई मधेश द्रुतमार्ग आयोजना, याङग्रेलार्के नदी डाइभर्सन (मेलम्ची खानेपानी आयोजना दोस्रो चरण) र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना लगायतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन तीव्र रूपमा भइरहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा बागमती प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ६५ हजार ६ सय १७ रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सोही अवधिमा २ सय २८ व्यक्तिले रोजगारी प्राप्त गरेका छन् ।

आर्थिक वृद्धिदर अनुमान

प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहनेछ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत रहने अनुमान छ, जबकी गत आर्थिक वर्ष २०८०/८१ मा यो ३.७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै