तरलता व्यवस्थापनका लागि ५० अर्ब खिचिँदै

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (असार ११ गते) ५० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्नेछ। यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म (५० अर्ब) बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार, यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी भदौ ११ गते गरिनेछ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै