महाप्रसाद अधिकारीको हस्ताक्षरसहित १० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (असार २ गते) देखि १० रुपैयाँ दरको नयाँ बैंकनोट बजारमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, यो नोट साविककै आकार र रङ्गमा भए पनि केही नयाँ विशेषताहरूका साथ प्रचलनमा आएको हो।

विशेषताहरू:

नयाँ १० रुपैयाँको नोटमा निम्न विशेषताहरू रहेका छन्:

प्रतिज्ञामूलक वाक्यांश: नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ।” भन्ने वाक्यांश रहेको छ।

गभर्नरको हस्ताक्षर: यस नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।

नोटको अग्र भाग (अगाडिको भाग):

बायाँतर्फ सगरमाथाको चित्र।

दायाँतर्फ लालीगुराँसको पानी छाप (Watermark)।

गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत।

नोटको तल्लो भागको बोर्डरमा नेपालीमा “वि.सं. २०८१” लेखिएको सिरिज नम्बर।

नोटको पृष्ठ भाग (पछाडिको भाग):

मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको।

नोटको मध्य भागमा कृष्णसारको चित्र।

नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “RUPEES TEN” लेखिएको।

नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “2024 AD” लेखिएको सिरिज नम्बर।

नयाँ नोटमा यी परिवर्तनहरू गरिएकाले उपभोक्ताहरूलाई नोटको प्रमाणीकरण र पहिचान गर्न सहज हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै