शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा प्रवाह सन्तुलनमा

काठमाडौँ । देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी भएपछि शोधनान्तर स्थिति लगातार बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च हो। गत वर्ष सो अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा, चालु वर्षमा ३ अर्ब २३ करोडको बचत देखिएको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९४ करोडको तुलनामा बढी हो ।

शोधनान्तर स्थिति भन्नाले एक निश्चित अवधिमा मुलुकको आवासीय र गैरआवासीय व्यक्ति तथा संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांशलाई जनाउने गर्छ । यदि शोधनान्तर बचतमा छ भने बाह्य क्षेत्रमा विदेशी मुद्रा आप्रवाह बढी भएको जनाउँछ, र घाटामा हुँदा विदेशी मुद्रा बाह्य प्रवाह बढी भएको मानिन्छ ।

यस अवधिमा चालु खाता समेत २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्ष यो रकम १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता यसपटक १ अर्ब ८९ करोडले बचतमा छ, जुन अघिल्लो वर्ष १ अर्ब ४५ करोड थियो ।

त्यस्तै, खुद पूँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा १० अर्ब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्रिएको पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै