प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध थप ५ रिट दर्ता-रिटको संख्या १६ पुग्यो, सबै संवैधानिक इजलासमा पेस हुने

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको दाबीसहित सर्वोच्च अदालतमा थप ५ वटा रिट दर्ता भएको छ ।

योसँगै प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएको रिटको संख्या १६ पुगेको छ । यसअघि प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर भएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएअनुसार, दर्ता भएका १६ वटै रिट निवेदन सुनुवाइका लागि एकसाथ पेस हुनेछन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले दर्ता भएका सबै रिटलाई संवैधानिक इजलासमा पेस गर्न तोक लगाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै