पहिलो त्रैमासमा ३५ अर्ब १३ करोड एफडीआई स्वीकृत, ३११ उद्योग दर्ता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन-असोज) मा ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो गत आवको तुलनामा धेरै हो ।

२०८१ असोज मसान्तसम्म १५ अर्ब ४२ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । उद्योग विभागका अनुसार असोज मसान्तसम्म अप्रुभल रुटबाट ३३ अर्ब २७ करोड ४८ लाख र अटोमेटिक रुटबाट १ अर्ब ८६ करोड २९ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

यस अवधिमा कुल ३११ उद्योग दर्ता भएका छन् । विभागका अनुसार असोज मसान्तसम्म कुल एफडीआई प्रतिबद्धता भने ६ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ बराबर पुगेको छ । असोज महिनामा मात्र २ अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

साउन र भदौमा उल्लेख्य लगानी प्रतिबद्धता आए पनि भदौ अन्तिम साताको राजनीतिक उथलपुथलको असर असोजमा नकारात्मक देखिएको छ । तथ्यांक अनुसार असोजसम्म ठूला उद्योग ७ वटा दर्ता भएका छन् । मझौला ४ र अन्य साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । असोजमा मात्र ७५ उद्योग दर्ता भएकोमा सबै उद्योग साना प्रकृतिका छन् ।

सूचना प्रविधि र पर्यटनमा लगानी केन्द्रित

चालु आवमा सूचना प्रविधि र पर्यटनमा लगानी केन्द्रित भएको देखिन्छ । उद्योग विभागका अनुसार सूचना प्रविधिमा १६२ उद्योगमा एफडीआई स्वीकृत भएको छ ।

जुन ५२ प्रतिशत बराबर हो । सूचना प्रविधिमा १०२ उद्योगमा एफडीआई स्वीकृत भएको छ । जुन ३३ प्रतिशत बराबर हो । सेवामुलक उद्योग १९, उत्पादनमुलक १५, कृषि ११ र ऊर्जामा एक उद्योगमा लगानी स्वीकृति भएको तथ्यांक छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै