
काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत गेटाफेलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ८०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा एलान नियोम र एलेक्सिस सानक्रिसले रातो कार्ड खाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको ९ खेलमा २४ अंक भएको छ । त्यस्तै बार्सिलोना ९ खेलमा २२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको भने ९ खेलमा ११ अंक रहेको छ र हाल १२औ स्थानमा छ ।