
काठमाडौँ । बाह्रखरी मिडियाले ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरेको छ । काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन गर्दै बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।
बाह्रखरी मिडियाले यस वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरी मिडियाको भनाइ छ । यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो ।
संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । कथा लेखनको संवद्र्धन र प्रवद्र्धनका निम्ति यस प्रतियोगिता गरिएको बाह्रखरी मिडियाले जनाएको छ । “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बताइएको छ ।
रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ । रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्ने बताइएको छ । अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन नपाइने र कथा अप्रकाशित र अप्रशारित हुनुपर्ने बाह्रखरि मिडियाको शर्त छ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रशारण गर्न पाइने छैन । छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्वन गरिने जनाइएको छ ।
कथा कम्तीमा १ हजार ५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्नेछ । कथा वर्ड फाइलमा मात्र पठाउनुपर्ने बताइएको छ ।