ग्लोबल आइएमईलाई लगातार दोस्रो पटक ‘The Best Bank in Nepal’ अवार्ड

काठमाडौँ । ग्लोबल आइएमई बैंक लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक (The Best Bank in Nepal) घोषित भएको छ । ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकलाई यस वर्षका लागि पनि नेपालको उत्कृष्ट बैंक घोषणा गरेको हो ।

ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहितलाई उक्त अवार्ड प्रदान गरेको हो ।

अध्यक्ष ढकालले सामाजिक सञ्जालमार्फत यो गर्व र खुशीको क्षणमा बैंकलाई निरन्तर दिशानिर्देश गर्ने, साथ र सहयोग प्रदान गर्ने नेपाल सरकार, नियामक निकायहरू, ग्राहकवर्ग, लक्ष्य प्राप्तीमा निरन्तर खटिने कर्मचारी तथा सबै शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।

ग्लोबल आइएमई बैंक गत वर्ष पनि उक्त अवार्डबाट सम्मानित भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै