गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन: पुनः सञ्चालनका लागि तीव्र तयारी

अध्यक्ष अर्जुन चौलागाईंको नेतृत्वमा एनआरएन विषम पाण्डे र शालिक पाठकको सहकार्य; पूर्ण क्षमतामा सञ्चालनको लक्ष्य

काठमाडौँ । कपिलवस्तुको शिवराज–६ मा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा.लि. मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ ।

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंकै नेतृत्वमा नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ ।

नयाँ लगानीकर्ताको सहभागिता:

अध्यक्ष चौलागाईंसँगै हाल अमेरिकामा १५ वर्षदेखि निर्माण र अन्य व्यवसायमा संलग्न रहेका एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेशा तथा व्यवसायमा सक्रिय शालिक पाठक ले सहकार्य थालेका छन् । उनीहरूले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित प्रवेश गरेका हुन् ।

विस्तार र बजार योजना:

विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्यसहित कार्ययोजना अघि बढाइएको अध्यक्ष चौलागाईंले बताए । । उनका अनुसार कम्पनीले निकट भविष्यमा “विनायक” र “गणपति” लगायतका नयाँ सिमेन्ट ब्रान्डहरू उत्पादन गरी नेपालका प्रमुख शहरहरूमा बजार विस्तार गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै