राष्ट्र बैंकले तोक्यो मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) ले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत गर्न सकिने कारोबार रकमको सीमा तोकेको छ । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त सीमा निर्धारण गरेको हो ।

कारोबारको नयाँ सीमा:-

राष्ट्र बैंकका अनुसार डिजिटल कारोबारको नयाँ सीमा निम्नानुसार तोकिएको छ:

-मोबाइल एप्लिकेशन (क्युआर कोडसहित): प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने ।

-इन्टरनेट बैंकिङ: प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने ।

सीमा नलाग्ने विशेष कारोबारहरू:-

यद्यपि, केही विशेष कारोबारहरूमा यो सीमा लागू हुने छैन । राष्ट्र बैंकका अनुसार निम्न भुक्तानीहरूमा उक्त सीमाले बाधा पुर्‍याउने छैन:

व्यक्तिगत रकमान्तर: कुनै व्यक्तिको एउटा खाताबाट सोही व्यक्तिको अर्को खातामा रकमान्तर गर्दा ।

सरकारी भुक्तानी: नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्कजस्ता विविध शुल्कहरू भुक्तानी गर्न ।

सेवा शुल्कहरू: विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न ।

धितोपत्र कारोबार: धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न ।

विशेष भुक्तानी: राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिएबमोजिमका विशेष भुक्तानी सेवाका लागि ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै