पूर्वसभामुख महराको थुनछेक बहस सुरु

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंमा महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका हुन् । यस क्रममा उनले भेपमा सुन छ भन्ने गोश्वारा हुलाक कार्यालयको भनाइलाई मात्रै आधार बनाएको दाबी गरे ।

सुन जफत भएको भए यति परिमाण भनेर यकिन हुने उनको दाबी छ । अहिले बहस जारी छ । उनलाई केही दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै