बिपी राजमार्गमा चार किलोमिटर डाइभर्सन बन्दै; अस्थायी रुपमा सञ्चालन गर्ने तयारी

काठमाडौँ । हालैको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डहरूको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ को नेतृत्वमा अनुगमन गरिएको छ । मन्त्री घिसिङसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसी लगायतको टोली अनुगमनमा निस्केको थियो ।

बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालन गर्ने तयारीका लागि मन्त्री घिसिङ नेतृत्वको टोलीले अनुगमन गरेको हो । यो सडक सङ्घीय राजधानी काठमाडौंसँग बागमती, मधेस र कोशी प्रदेशका जिल्लालाई जोड्ने ‘लाइफ लाइन’ का रूपमा रहेको छ ।

मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिएका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सडक सञ्चालन हुनेगरी काम गर्न आग्रह गरे । उल्लेखनीय छ, गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे-नेपालथोक खण्डमा क्षति पुर्‍याएको थियो । उक्त खण्डमा डाइभर्सन बनाएर सञ्चालन गरिए पनि हालैको बाढीले करिब चार किलोमिटर खण्ड पुनः बगाएको थियो ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार, गत वर्षको बाढीबाट क्षतिग्रस्त सडकलाई स्थायी रूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै